नेपालमा सुनचाँदीको मूल्य आकाशिएको छ। मंगलबार सुन ४ सय र चाँदी ४० रुपैयाँले प्रतितोला महंगिएको हो।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार यसको भाउ ९२ हजार ३ सय रुपैयाँ थियो। त्यस्तै तेजाबी सुन प्रतितोला ३ सय ९५ रुपैयाँले महंगो भएको छ। आज तेजाबी सुन ९२ हजार २ सय ६० मा कारोबार भएको छ। सोमबार यसको मूल्य ९१ हजार ८ सय ६५ रुपैयाँ थियो।
त्यस्तै हिजो १ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ४० रुपैयाँ महंगिँदै प्रतितोला १ हजार ४० रुपैयाँमा कारोबार भएको छ।
यस्तो छ साउन महिनायताको सुनको भाउस्राेतः सुनचाँदी व्यवसायी महासंघ

प्रतिक्रिया