राजनीति


विप्लवको बन्द : कैलालीका चार ठाउँमा शंकास्पद बस्तु फेला

विप्लवको बन्द : कैलालीका चार ठाउँमा शंकास्पद बस्तु फेला

गोकुल जोशी
साउन ६, २०७७ मंगलबार ४:३०,

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आजको लागि आह्वान गरको सुदूरपश्चिम प्रदेश बन्दको प्रभाव आंशिक परेको छ।

आफ्ना कार्यकर्तालाई झुट्टा मुद्दामा पक्राउ गरेर फसाउन खोजेको भन्दै विप्लव नेकपाको सेती–महाकाली ब्यूरोले बन्द आह्वान गरेको हो।

बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका-७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो इन्चार्ज पूर्णिमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले आफ्ना कार्यकर्ता पक्राउ गरेको ब्यूरोका कार्यालय सचिव छविलालले बताए।

कञ्चनपुरमा भने बन्दको प्रभाव खासै नदेखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए। ‘बन्दको प्रभाव खासै देखिदैन। बजार, सवारी साधन चलेकै छन्,’ उनले भने।

उता कैलालीका ठाउँठाउँमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ। जिल्लाका चार स्थानमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्की चुहा नगरपालिका कार्यालय अगाडी मंगलवार बिहान कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको कैलालीका डिएसपी प्रतिक विष्टले बताए।

नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad