राजनीति


ल्हासाका पूर्व महावाणिज्यदूत हरि बस्याल बने सञ्चार सचिव

ल्हासाका पूर्व महावाणिज्यदूत हरि बस्याल बने सञ्चार सचिव

नेपालखबर
साउन ५, २०७७ सोमबार १४:२९,

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याल नियुक्त भएका छन्।

आज सोमबार बसेको मन्त्री परिषद्को बैठकले बस्याललाई संचार मन्त्रालयको जिम्बेवारी दिने निर्णय गरेको एक मन्त्रीले नेपालखबरसँग पुष्टि गरे।

१६ महिनाअघि सचिवमा बढुवा भएयता बस्याल गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवमा कार्यररत थिए।

पछिल्लो समय काठमाडौं बाहिर रहेका हरि बस्याल सबैभन्दा उच्च तहका कर्मचारी हुन्। बस्यालले सञ्चार मन्त्रालय आफ्नो छनोटको पहिलो प्राथमिकतामा रहेको भएपनि मन्त्री परिषदको निर्णय थाहा पाइनसकेको बताए।

‘सञ्चार वा शिक्षा मन्त्रालयमा काम गर्ने मेरो चाहना हो, नयाँ जिम्मेवारी पाउन लागेको संकेत त पाएको थिएँ तर मन्त्री परिषदको निर्णयबारे मलाई अहिलेसम्म थाहा भएन’, बस्यालले भने।

बस्यालले सहसचिवका रुपमा अर्थ मन्त्रालयमा दुई वर्ष बिताएका थिए। अर्थमा आउनुअघि उनले शिक्षा मन्त्रालयमा सहसचिवकै रुपमा १० महिना अनुभव हासिल गरेका छन्।

त्यसअघि बस्याल चीनको स्वशासित प्रदेश तिब्बतको ल्हासामा नेपाली महावाणिज्यदूत थिए। इमान्दार र मिहिनेती बस्याल ल्हासामा राम्रो काम गरेर परिणाम निकाल्ने महावाणिज्यदूत हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad