समाज


पहिरोले बगाएको कारमा भेटियो डेढ लाख रुपैयाँ र ल्यापटप

पहिरोले बगाएको कारमा भेटियो डेढ लाख रुपैयाँ र ल्यापटप

नेपालखबर
साउन ५, २०७७ सोमबार १४:५७,

धादिङको गजुरी गाँउपालिका ५ घाँटबेसीमा पहिरोसँगै आएको भेलमा परी बगेको एक कारबाट एक लाख ५० हजार रुपैयाँ तथा एउटा ल्यापटप फेला परेको छ।

उद्धारका क्रममा सशस्त्र प्रहरी टोलीले सो कारबाट सामान र नगद निकाली सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आदमघाटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशप्रसाद रिजालको कमाण्डमा खटिएको एपीएफ टोलीले भेलमा बगेको सो कारबाट उल्लेखित रकम तथा ल्यापटम सुरक्षित रुपमा निकालेको हो।

त्यसबेला उक्त कारमा सवार व्यक्तिहरु कारबाट बाहिर निस्कन सफल भएका थिए भने उक्त कार भेलले त्रिशुली नदीको किनारमा खसालेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad