ad ad

राजनीति


एआईजी बढुवाका लागि बैठक जारी

एआईजी बढुवाका लागि बैठक जारी

नेपालखबर
असार ३१, २०७७ बुधबार १४:३६,

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न बढुवा समितिको बैठक बसिरहेको छ।

गृह मन्त्रालयमा जारी बढुवा समितिको बैठकले रिक्त दुई एआईजीको लागि बढुवा सिफारिस गर्नेछ।

बढुवाका लागि डीआईजीहरु निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोख्रेललाई दाबेदारका रुपमा हेरिएको छ। यी मध्ये शाही र कार्की प्रमुख दाबेदार हुन्। पोख्रेल उनीहरुभन्दा पछाडी भर्ती भएका र डीआईजीमा पनि पछाडी नै बढुवा भएका हुन्। बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव, गृह सचिव र आईजीपी रहन्छन्।

शैलेश थापा क्षेत्री आईजीपीमा बढुवा भएपछि र अर्का एआईजी तारिणीप्रसाद लम्सालले अवकास पाएपछि गत असार २५ गतेदेखि तीन मध्ये दुई एआईजी पद रिक्त भएका हुन्।

याे पनिएआईजी बढुवामा सुरु भयो खिचातानी, शक्तिकेन्द्र धाउँदै तीन डीआईजी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .