ad ad

राजनीति


भारतीय नेता करण सिंह भन्छन् : ओलीको भनाईले एक अर्ब हिन्दूको भावनामा चोट

भारतीय नेता करण सिंह भन्छन् : ओलीको भनाईले एक अर्ब हिन्दूको भावनामा चोट

नेपालखबर
असार ३१, २०७७ बुधबार १०:०,

भारतीय राष्ट्रिय कांग्रेसका नेता करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीराम र उनको जन्मभूमिबारे दिएको अभिव्यक्तिले एक अर्ब हिन्दूहरुको भावनामा चोट पुग्ने बताएका छन्।

उनले भारत र नेपालमा मात्र नभई विश्वभर रहेका एक अर्ब हिन्दू समुदायकै भावनामा चोट पुग्ने बताएका हुन्।

उनले प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्धमा दूरी बढाउन जस्तो वेतुकको अभिव्यक्ति दिन पनि पछि नपर्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन्।

भारतीय राष्ट्रिय कांग्रेसका नेता करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीराम र उनको जन्मभूमिबारे दिएको अभिव्यक्तिले एक अर्ब हिन्दूहरुको भावनामा चोट पुग्ने बताएका छन्।

उनले भारत र नेपालमा मात्र नभई विश्वभर रहेका एक अर्ब हिन्दू समुदायकै भावनामा चोट पुग्ने दाबी गरेका हुन्।

उनले प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्धमा दूरी बढाउन जस्तो वेतुकको अभिव्यक्ति दिन पनि पछि नपर्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन्।

उनले नेपाल र भारत दुवै मुलुकमा रहेका सहि बिचार राख्ने मानिसहरु ‘यस्तो खराब नीतिप्रति सचेत रहँदै’ युगौं पुरानो द्विपक्षीय मैत्री सम्बन्ध पुनस्र्थापित गर्न हरसम्भव प्रयास गर्न आग्रह समेत गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै श्रीरामको जन्मभूमि अयोध्या पनि नेपालकै पर्सा जिल्लामा रहेको बताउँदै भारतले नक्कली जन्मभूमि तयार गरेको समेत दाबी गरेका थिए।

नेपाली राजनीतिक नेतृत्वसँग लामो र घनिष्ट सम्बन्ध रहेकै कारण भारतीय संस्थापन पक्षले उनलाई महत्वपूर्ण राजनीतिक घट्नाक्रमका बेला नेपालसँग वार्ताका लागि खटाउने गरेको छ।

याे पनि: 

प्रधानमन्त्री ओली भन्छन्ः भारतले खडा गरेको अयोध्या नक्कली हो, राम पनि नेपाली नै हुन्
परराष्ट्रले भन्यो : अयोध्यालाई होच्याउने प्रधानमन्त्रीको मनसाय होइन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .