ad ad

समाज


भारतका हिन्दुवादीको आरोप: चीनको आदेशमा नेपालका प्रधानमन्त्रीले अयोध्याबारे भ्रामक अभिव्यक्ति दिए

भारतका हिन्दुवादीको आरोप: चीनको आदेशमा नेपालका प्रधानमन्त्रीले अयोध्याबारे भ्रामक अभिव्यक्ति दिए

नेपालखबर
असार ३१, २०७७ बुधबार १०:०,

प्रधानमन्त्री केपी शर्मा ओलीले यसैहप्ताको सोमबार एक कार्यक्रममा भागवान राम नेपालमै जन्मेको र भारतले नक्कली अयोध्या खडा गरेको बताएका थिए।

ओलीले राम जन्मभूमि आयोध्या दक्षिण नेपालको ठोरीमा रहेको बताएका थिए। पछिल्लो अभिव्यक्तिसँगै भारतका नागरिक सहित नेपाल भित्रै प्रधानमन्त्री ओलीको तिव्र रुपमा आलोचना भइरहेको छ।

यसबीचमा भारतको विश्व हिन्दु परिषदले नेपालका प्रधानमन्त्रीलाई भागवान रामलाई क्षेत्रीय राजनीतिबाट टाढा राख्न आग्रह गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

परिषदका क्षेत्रीय प्रवक्ता शरद शर्माले नेपालका प्रधानमन्त्रीले चीनको आदेशमा गलत दाबी गरेको आरोप लगाए।

उनले भनेका छन्,‘यो भन्दा गलत दाबी अरु केही हुन सक्दैन। सबै धार्मिक शास्त्रहरुले प्रमाणित गर्दछ कि भगवान राम भारतको आयोध्यामा जन्मिएका थिए।’

राम र अयोध्याको विषमया दिएको अभिव्यक्तिबारे मंगलबार मात्र नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको बताएको थियो।

परराष्ट्रले प्रधानमन्त्री ओलीको मन्तव्य कुनै पनि राजनीतिक विषयसँग सान्दर्भिक नभएको र कसैको भावनामा चोट पुर्‍याउने मनसाय नभएको भनी प्रष्ट्याएको थियो।

‘श्री राम र उनीसँग जोडिएका ठाउँहरुसम्बन्धी बिभिन्न पौराणिक मान्यता र सन्दर्भहरु रहेको हुँदा रामायणले प्रतिनिधित्व गर्ने विशाल साँस्कृतिक भूगोल, श्री राम, रामायण र यो विशाल सभ्यताका सम्बन्धमा थप तथ्यहरु ल्याउनका लागि गर्नुपर्ने थप अध्ययन, अनुसन्धानको महत्वलाई प्रधानमन्त्रीबाट अझ जोड दिइएको मात्र हो,’ परराष्ट्रले भनेको थियो।

पछिल्लो समय भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सडक बनाएपछि नेपालले त्यसको प्रतिवाद गर्दै नयाँ नक्सा जारी गरेको छ जहाँ भारतले दाबी गर्दै आएको यी भूमिहरु समेटिएका छन्।

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले चीनको साथ पाएको र भारतको सार्वभौकितामाथि प्रहार गर्न खोजेको आरोप लगाइरहेको छ।

यसबीचमा प्रधानमन्त्री ओलीले राम र अयोध्याबारे विवादस्पद अभिव्यक्ति दिएपछि भारतीय संचार माध्यममा नेपाल चीनको कठपुतली बनेको भनेर खबरहरु दोहोरिँदै सार्वजनिक भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .