प्रधानमन्त्री केपी शर्मा ओली रामको जन्मभूमि अयोध्याको विषयमा व्यक्त गरेको धारणप्रति पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय जनता पार्टीका नेता डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओलीले एकपछि अर्को तथ्यहीन कुरा गरेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले उनको चिन्तन प्रणाली नै स्वस्थ नरहेको बताएका हुन्।
सोमबाार भानु जयन्तिका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएका थिए। उनले भारतले खडा गरेको अयोध्या र राम दुवै नक्कली भएको बताएका थिए।
डा. भट्टराईले प्रधानमन्त्री ओली अतिवादमा गएको भन्दै अतिले खति मात्रै गर्ने बताएका छन्।
मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै डा. भट्टराईले प्रधानमन्त्रीको वचन र कर्मले सीमा नाधेको बताएका छन्। संसदमा ‘सिंहमेव जयते’र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा प्रधानमन्त्री ओलीको चिन्तन प्रणालीमै समस्या देखिएको उनको प्रतिक्रिया छ।
संसद स्थगन गरेर अध्यादेश र संकटकालको अधिकार हातमा लिएर बसेका प्रधानमन्त्री ओलीलाई छाडा छाड्नु खतरनाक हुने भन्दै उपचार खोज्न आग्रह गरे।
‘अति गरे खति हुन्छ भन्छन् ! प्रम केपी शर्मा ओलीका वचनरकर्मले सीमा नाघ्दैछन्! संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न। संसद स्थगन गरेर अध्यादेश रसंकटकालको ‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ! उपचार खोजौं!’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।

पछिल्लो समय प्रधानमन्त्री ओलीको कडा आलोचना गर्दै आएका नेता डा. भट्टराईले यसअधि नै प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण राजीनामा दिनसमेत माग गरेका थिए।
Shares

प्रतिक्रिया