ad ad

राजनीति


भारतले सीमा क्षेत्रमा बनाएको बाँध तत्काल हटाउन संसदीय समितिको निर्देशन

भारतले सीमा क्षेत्रमा बनाएको बाँध तत्काल हटाउन संसदीय समितिको निर्देशन

नेपालखबर
असार २९, २०७७ सोमबार ११:२६,

संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरु तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरुलाई तत्काल हटाउन पहल गर्न नेपाल सकरार गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

सीमा नजिक बनेका संरचनाहरुले नेपालतर्फ डुवान परेकोले त्यस्ता संरचनाहरुलाई तत्काल हटाउनुपर्ने समिति सभापति शशी श्रेष्ठले बताइन्।

समितिले भू–बनोटको जाँच गरी उच्च जोखिममा रहेका बस्तीहरुलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न समेत निर्देशन दिएको छ। यस्तै डुवानमुक्त घरको नमुना तयार गरी एकीकृत वस्ती बसाल्न आवस्यक व्यवस्था गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले बताइन्।

बाढी पहिरो र डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी समाधानका लागि कार्ययोजना वा गुरुयोजना तयार गर्न समेत निर्देशन दिएको छ। समितिले बाढी पहिरो र डुबानबाट पर्न सक्ने असरलाई तत्काल व्यवस्थित गर्न स्थानीय तहमा श्रोत साधन सहितको विपद व्यवस्थापन कार्यालयको स्थापना गर्न समेत निर्देशन दिएको छ।

बाढी पहिरो र डुबानबाट वेपत्ता भएकाहरुको तत्काल खोजी, उद्धार गर्ने र बाढीबाट प्रभावित सम्पूर्ण पीडितहरुलाई विभिन्न तहहरुको समन्वयद्धारा एकद्धार प्रणालीमार्फत राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ।

समितिले बाढी प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा तथा सरसफाई, सर्पद्धंश तथा अन्य औषधि उपचारको आवस्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ।

विपदको समयमा हुनसक्ने सम्भावित चोरी डकैति, बलात्कार र महिलामाथि हुन सक्ने हिंसाका घटनाहरु प्रति सजग रही भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन समेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

यस्तै नेपालमा बन्दै गरेका लोकमार्गको बैज्ञानिक व्यवस्थापन गरी राजमार्ग जोड्ने सडकहरु, पानीधारलाई समानान्तर बनाउने, रेलमार्ग तथा सडकमा निश्चित दुरीमा पानीको निकासका लागि साइफन कलभर्ट र सडक किनारमा नालाहरु अनिवार्य बनाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .