राजनीति


हामीले मिलेर नयाँ नक्सा बनाएको हो, कोही दलाल‍ र कोही महान् राष्ट्रवादी होइन : प्रचण्ड

हामीले मिलेर नयाँ नक्सा बनाएको हो, कोही दलाल‍ र कोही महान् राष्ट्रवादी होइन : प्रचण्ड

नेपालखबर
असार २८, २०७७ आइतबार ९:१२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु उपयुक्त नभएको बताएका छन्।

आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने र अरुलाई गलत चित्रण गरिएकोमा आपत्ति जनाए।

उनले नेपालमा कोही महान राष्ट्रवादी नभई सबैले मिलेर नाकाबन्दीको सामाना गर्नेदेखि नयाँ नक्सा जारी गर्ने काम गरेको बताए।

‘यहाँ कोही राष्ट्रघाती दलाल कोही महान राष्ट्रवादी भन्ने होइन’, उनले भने, ‘हामी सबै मिलेर नाकाबन्दीको सामाना गरेको हो, सबै मिलेरै नक्सा बनाएको हो।’

 अध्यक्ष प्रचण्डले आफू कार्यकारी अध्यक्ष बनेपछि बसेको पहिलो स्थायी समिति बैठकले नयाँ नक्सा जारी गर्न सरकारलाई  अनुराेध गर्ने निर्णय गरेको बताए।

‘मलाई कार्यकारी भनिएको लगत्तै पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा बसेको बेलामा हामीले भारतले नयाँ नक्सा जारी ग¥यो अब हामीले पनि तुरुन्तै हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नेपाली नक्सा प्रकाशन गर्नैपर्छ भनेर स्थायी समितिबाट सर्वसम्मत गराएको छ’, अध्यक्ष प्रचण्डले थपे, नयाँ नक्सा जारी गर्नुपर्छ भन्नु लम्पसारवाद हो?’ 

उनले गत माघमा बसेको नेकपाको केन्द्रीय समितिको बैठकबाट पनि मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गर्न र आवश्यक परे संवैधानिक रुपमा समेत हल खोज्न अविलम्ब पहल गर्नुपर्ने निर्णय गरेको समेत जानकारी दिए। उनले पार्टीको स्थायी र केन्द्रीय समितिको सिफारिसलाई सरकारले औपचारिकता दिएकोमा पछिल्लो स्थायी समिति प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएको बताए।

‘सरकारले नयाँ नक्सा जारी गरेकोमा सरकार र प्रधानमन्त्रीलाई स्थायी समिति बैठकमै धन्यवाद दिइएको छ’, उनले भने, ‘त्यसलाई वैधनिकता दिन पार्टीले निर्णय गरेर मात्र पुग्दैनथ्यो, अन्त्यमा तपाईंले औपचारिकता दिनुभयो धन्यवाद भनिएको छ, के त्यो राष्ट्रवाद जिन्दावाद मूर्दावादको कुरा हो? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हुन्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad