कारोबार


मोबाइल व्यवसायी महासंघ गठन

मोबाइल व्यवसायी महासंघ गठन

नेपालखबर
असार २८, २०७७ आइतबार ९:१६,

मोबाइल व्यवसायसँग सम्बन्धित संघ संस्थाहरुको नेतृत्व संस्थाको रुपमा ‘नेपाल मोबाइल व्यवसायी महासंघ’को तदर्थ समिति गठन भएको छ।

देशका विभिन्न क्षेत्रमा कृयाशील मोबाइल व्यवसायी संघ संस्थाहरुको भेलाले तदर्थ समिति गठन गरेको हो। तदर्थ समितिको अध्यक्ष भरत भट्टराई, वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाई, उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्ष श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी रहेका छन्। १७ सदस्यीय तदर्थ समितिमा ९ जना सदस्य मनोनित गरिने बताइएको छ।

देशका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरुको संस्थाहरुलाई एकतावद्ध गर्ने उदेश्यले महासंघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष भट्टराईले जानकारी दिए। नवगठित तदर्थ समितिलाई पूर्णता दिएर कोरोना समस्या सामान्य हुने वित्तिकै महाधिवेशन गर्ने योजना रहेको भट्टराईले जानकारी बताए।

देशभर ५ हजार भन्दा बढी मोबाइल व्यवसायी रहेका छन् भने ती व्यवसायीहरुको एक सय भन्दा बढी संघ संस्थाहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad