राजनीति


आयोग सदस्य मोहना अन्सारीको अभिव्यक्तिप्रति आयोगकै आपत्ति

आयोग सदस्य मोहना अन्सारीको अभिव्यक्तिप्रति आयोगकै आपत्ति

नेपालखबर
असार २५, २०७७ बिहिबार ११:८,

राष्ट्रिय मानवअधिकार आयोगले तत्कालिन सांसद सरिता गिरीमाथिको कारबाहीबारे सदस्य मोहना अन्सारीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ।

अन्सारीले मंगलबार (असार २३ गते) ट्वीटरमा समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्नो विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक छ भनी सार्वजनिक सञ्जालमा व्यक्त गरिएका कुराहरूप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

बिहीबार विज्ञप्ति निकालेर आयोगले भनेको छ, ‘संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित छानविन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ।’

यस्तै, आयोगले यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको स्पष्ट पारेको छ।

‘तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ। तसर्थ यसमा कोहीपनि भ्रममा नपर्न जानकारी गराइन्छ’ आयोग अध्यक्ष अनुपराज शर्माद्वारा प्रेशित विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad