समाज


५ करोडमा धार्मिक ग्रन्थ खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ

५ करोडमा धार्मिक ग्रन्थ खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ

नेपालखबर
असार २५, २०७७ बिहिबार १०:५८,

लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ खरिद बिक्री गर्ने तयारीमा रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रेको पाँचखाल नगरपालिका ३ का ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ

गाउँपालिका १ का ३१ वर्षीय सुबासकुमार बस्नेत र ओखलढुंगा सुनकोशी गाउँपालिका २ का ३३ वर्षीय हरीबहादुर लामिछाने रहेका छन्।

यस्तै काठमाडौँको तारकेश्वर नगरपालिका ११ का ६४ वर्षीय राजेन्द्रबहादुर जोशी र नुवाकोटको ककनी गाउँपालिका ८ का ३४ वर्षीय रोशन तामाङ रहेका छन् ।

DharmikGrantha Lama

काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुंगे अड्डामा धर्मग्रन्थ बिक्रिको तयारी भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो।

सो ग्रन्थलाई उनीहरुले पाँच करोड रुपैयाँ मूल्य तोकेर कारोबार गर्न लागेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए।

पक्राउ परेकाको साथबाट सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ १६ पाना प्रहरीले बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलिले मोलमोलाई गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad