एफबीआईका निर्देशक क्रिस्टोफर रेले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि “सबैभन्दा ठूलो र दीर्घकालीन खतरा” भएको बताएका हुन्।
वाशिङ्टनस्थित हड्सन इन्स्टिट्यूटमा बोल्दै क्रिस्टोफर रेले चीनका विभिन्न गतिविधिबारे टिप्पणी गरेका थिए।
सो क्रममा रेले चीनले विदेशमा बसोबास गर्ने चिनियाँ नागरिकलाई तारो बनाएको, उनीहरूलाई स्वदेश फर्किन दबाब दिएको र कोरोना भाइरससम्बन्धी अमेरिकी अनुसन्धानमा बाधा पुर्याउन खोजेको आरोप लगाए।
‘हामी अहिले यस्तो बिन्दुमा पुगेका छौँ जहाँ एफबीआईले प्रत्येक १० घण्टामा चीनसम्बन्धी एउटा प्रतिजासुसी मुद्दा हेर्छ’ रेले भने,‘चीन जसरी पनि विश्वको एक मात्र शक्तिशाली राष्ट्र बन्न पूरै राज्यसंयन्त्र प्रयोग गरेर प्रयास गर्दैछ।’
उनका अनुसार देशभरिका झन्डै ५००० वटा प्रतिजासुसी मुद्दामध्ये आधाजति चीनसँग सम्बन्धित छन्।
रेले सो क्रममा चीनले हस्तक्षेप, आर्थिक गुप्तचरी, तथ्याङ्क र पैसा चोरी तथा घुस र दबावमार्फत् अमेरिकी नीतिलाई प्रभावित गर्ने अवैध गतिविधि गरिरहेको पनि आरोप लगाए। बीबीसी

प्रतिक्रिया