समाज


कोरोनाबाट बँच्न व्यक्ति आफैले के गर्ने? डब्लूएचओका विज्ञको यस्तो छ सुझाव (भिडियाे)

कोरोनाबाट बँच्न व्यक्ति आफैले के गर्ने? डब्लूएचओका विज्ञको यस्तो छ सुझाव (भिडियाे)

नेपालखबर
असार २४, २०७७ बुधबार ८:५०,

कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सो महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकार तथा बिभिन्न निकायका जिम्मेवारीबारे बहस हुँदै आएको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का स्वास्थ्य आपतकाल कार्यक्रमका निर्देशक तथा सार्वजनिक स्वास्थ्य विज्ञ डा. माइक रायनले कोरोनाबाट बँच्न व्यक्ति आफैले के गर्ने भन्ने भिडियो सन्देश जारी गरेका छन्।

‘हरेक व्यक्तिले आफ्नै जोखिमबारे आफैँ ख्याल गर्नुपर्छ,’ त्यसमा उनले भनेका छन्, ‘स्थानीय संक्रमण भनेको के हो? भन्नेबारे तपाईं आफू स्पष्ट हुनुपर्छ।’

आफ्नो ठाउँमा संक्रमणको अवस्था के छ भन्नेबारे व्यक्ति आफू जानकार हुनुपर्ने उनको सुझाव छ।

‘मानव समुदायको रुपमा हामीले आफ्नो जीवनमा यो दैनिकरुपमा गरिरहेकै हुन्छौं, हामीले बिभिन्न प्रकारका जोखिमलाई त व्यवस्थापन गरिरहेकै हुन्छौं,’ उनको भनाई छ, ‘सडक कसरी कतिबेला पार गर्ने, कतिबेला उड्ने, कुनै कुरा कतिबेला सञ्चालन गर्ने, कतिबेला नगर्ने भनी हामी निर्णय लिन्छौं।’

जोखिमसम्बन्धी त्यस्ता निर्णय गर्नका लागि त्यससम्बन्धी पर्याप्त जानकारी हुनुपर्ने र उचित निर्णयका लागि राम्रो ज्ञान हासिल गर्नुपर्ने उनी बताउँछन्।

‘अरु व्यक्तिहरुसँग हाम्रो निकटताबारे हामी निर्णय गर्छौं, हाम्रो सामाजिक आवद्धताको सघनता तथा गहिराईबारे निर्णय गर्छौं र त्यो वातावरणमा हामी कति समय बिताउने भनी निधो गर्छाैं,’ रायनले भनेका छन्, ‘यस्ता कुरामा हामीले सरकारबाट सुझाव लिनसक्छौं, विज्ञानको आधार लिनसक्छौं तर अन्तमा त यो सबैकुरा सम्बन्धित व्यक्तिको आफ्नै रुचि र व्यक्तिगत छनौटमा भरपर्छ र यसरी अन्ततः व्यक्ति र समुदायमै भरपर्छ। यीमध्ये कुनै अवस्थामा सुरक्षित महशुस गरिएन भने तपाईंको सुरक्षा छैन।’

भिडियाे:  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad