कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा ग्लोबल आईएमई बैंकले १० लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका प्रतिनिधिहरुले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन्।
प्रदेश सरकारले राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गर्दै आएको छ।

प्रतिक्रिया