राजनीति


प्रचण्ड बालुवाटारमा, ओलीसँग आज पनि एक्ला–एक्लै वार्ता

प्रचण्ड बालुवाटारमा, ओलीसँग आज पनि एक्ला–एक्लै वार्ता

नेपालखबर
असार २३, २०७७ मंगलबार ५:५६,

सत्तारुढ नेकपाको जारी विवाद अन्त्य गर्न भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल सुरु भएको छ।

 मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच एक्ला–एक्लै छलफल सुरु भएको छ।

सोमबार डेढ घण्टा छलफल गरेका दुई अध्यक्षबीच विषयमै प्रवेश गरेर कुराकानी भएको र आजको वार्ता त्यसकै निरन्तरता भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

असार १० गतेदेखि बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट ओलीको राजीनामा माग भएपछि फुटको संघारमा पुगेको नेकपा विवाद रोक्नको लागि प्रचण्डकै प्रस्तावमा एक्ला–एक्लै वार्ता भएको नेताहरुले बताएका छन्।

नेताहरुले दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक हुने र त्यसले सहमतिको खाका बनाउने संभावना रहेको एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad