राजनीति


ओली र प्रचण्डबीच आज पनि छलफल

ओली र प्रचण्डबीच आज पनि छलफल

नेपालखबर
असार २३, २०७७ मंगलबार ३:१०,

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) पनि भेटवार्ता हुँदैछ।

बिहान १० बजेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको हो। ‘उहाँहरु (अध्यक्षद्वय) बीच आज पनि छलफल हुँदैछ, तर समय निश्चित भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले नेपालखबरसँग भने, ‘सम्भवतः बिहान १० बजेपछि छलफल सुरु हुन्छ होला।’

पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो।

आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका हुन्।

नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्। आज र भोलीसम्म नेकपामा सहमति हुने वा नहुने टुंगो लाग्ने एक स्थायी समिति सदस्यले बताए।

पार्टीमा बढेको गतिरोध अत्यका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको भनेर कतिपय सञ्चार माध्यममा आएको समाचारको प्रचण्डको सचिवालयले खण्डन गरेको छ।

‘अध्यक्षद्वयले कुनैपनि प्रकारको कार्यदल गठन गर्नुभएको छैन,’ जुगलले भने, ‘कार्यदल गठन भएको भनी आएका समाचारमा सत्यता छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad