समाज


आज बागमतीसहित दर्जन नदीमा बाढी आउने सम्भावना

आज बागमतीसहित दर्जन नदीमा बाढी आउने सम्भावना

नेपालखबर
असार २३, २०७७ मंगलबार २:५५,

आज (मंगलबार) पनि विभिन्न स्थानमा वर्षा जारी छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाकी माैसमविद् सजिना शाक्यका अनुसार अहिले देशैभर मौसम सामान्य बदली छ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

साथै प्रदेश १, ५, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा आज दिउँसो ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई माैसमविद्ले आग्रह गरेका छन्।

यस्तै राति पनि देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको  सम्भावना छ। सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाले मंगलबार बिहान जारी गरेकाे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएकाे छ: 

‘देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक-दुइ स्थानमा भारी वर्षाको समेत  सम्भावना रहेकाे हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

आज बागमतीलगायत नदीमा बाढी आउने सम्भावनाः बाढी पूर्वानुमान महाशाखा

बाढी पूर्वानुमान महाशाखाले पनि वर्षाका कारण आज विभिन्न स्थानमा बाढी आउने सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाले प्रकाशन गरेको सूचना अनुसार आज बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना, मछेलीका साना नदीमा बाढी सतर्कता तहसम्म पुग्ने सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad