शनिबार मात्र अमेरिकाले त्यहाँ ठूला विमान वहाक पानीजहाज यूएसएस रोनाल्ड रेगन र यूएसएस मिमिट्ज पठाएको थियो।
विमान वाहक पानीजहाज र युद्ध पोतहरु सहित दक्षिण चीन सागरमा अमेरिकी नौसेनाले सैन्य अभ्यास थालेपछि चिनियाँ संचार माध्यममा चीनले अमेरिकी कार्यको प्रतिकार गर्ने भनेर रिपोर्टहरु सार्वजनिक गरेका छन्।
सोही क्षेत्रमा चीनले पनि हालै सैन्य अभ्यास गरिरहेको छ। चीनले उक्त विवादित जलक्षेत्रमा सैन्य अभ्यास थालेपछि नै अमेरिकी नौसेनाले सैन्य अभ्यास गरेको हो।
एकै क्षेत्रमा अमेरिकी र चिनियाँ सेनाको अभ्यास हुनुलाई अनौठो घटनाको रुपमा हेरिएको छ। अधिकारीहरुका अनुसार चीनले परासेल टापु नजिक सैन्य अभ्यास गरिरहेको छ।
अमेरिकी नौसेनाले सैन्य अभ्यास गरिरहँदा यूएसएस रोनाल्ड रेगनका कमाण्डर जोर्ज विकअफले भने,‘सैन्य अभ्यास गरेर हाम्रा साझेदारहरु र सहयोगीहरुलाई यो अस्पष्ट संकेत देखाउनु थियो कि हामी क्षेत्रीय सुरक्षा र स्थिरतामा प्रतिबद्ध छौं।’
उनले विमान वाहक पानीजहाजलाई कहाँ तैनाथ गरिन्छ भनेर जानकारी भने दिएनन्। तर हालको सैन्य अभ्यास चीनका लागि नभएर चीनको बढ्दो सैन्य दृढताको प्रतिक्रिया भएको बताए।
अमेरिकी सेनाले हालको सैन्य अभ्यासमा बी५२ बम्बर पनि समावेश भएको ट्वीटरमा जानकारी दिएको छ।
जुनको सुरुवातमा पनि यूएसएस निमिट्जले फिलिपिन्स सागरमा यूएसएस थियोडर रुजभेल्ट विमान वाहकको साथमा सैन्य अभ्यास गरेको थियो।
चिनियाँ जनमुक्ति सेनाका पूर्व नौसेना अधिकारी वाङ युनफीका अनुसार चीनले अमेरिकी खतरासँग जुध्न तयारी गरिसकेको छ।
‘अमेरिकाले यस क्षेत्रमा विमान वाहक पानीजहाज तैनाथ गरेपछि चीनले अमेरिकी खतराको धेरैपटक अनुभव गरेको छ’ फोनिक्स टेलिभिजनसँग उनले भनेका छन्,‘चीन आफ्नो क्षेत्रीय अखण्डता, सार्वभौमिकता र समुद्री रुचिको रक्षा गर्न अमेरिकाबाट खडा गरिएको पछिल्लो खतराबाट डगमगाउँदैन। चिनियाँ सेना अमेरिकी खतरा प्रतिकार गर्न तयार छ।’ एससीएमपी
प्रतिक्रिया