ad ad

राजनीति


प्रधानमन्त्री हटाउने कि कायम राख्ने नेकपाको आन्तरिक विषयः शर्मा

प्रधानमन्त्री हटाउने कि कायम राख्ने नेकपाको आन्तरिक विषयः शर्मा

नेपालखबर
असार २१, २०७७ आइतबार १३:४५,

नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीभित्रको अन्तरद्वन्द्वलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहेपनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भएपनि कुनैपनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताए।

उनले भने, ‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने, प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो । हामी यो विषयसँग निरपेक्ष छौँ । तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कारले, जिम्मेवारीले दिँदैन। त्यो कुरामा अहिले छैनौँ।’

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रशंगमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताए। भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गरेका र विधेयकहरुको विषयमा आफ्नो धारणा राखेका उनले बताए।

उनले भने, ‘प्रधानमन्त्रीले भेटौँ भनेर आग्रह गर्दै टेलिफोन गरेपछि प्रतिपक्षी दलको नेताले तपाईंलाई हटाउने जस्तो कुरा आइरहेको छ। हाम्रो तपाईसँग एक ढंगको असहमति छ। तपाईसँग विवाद पनि छ। अनेक विधेयक ल्याएर तर्पाइले उनेक उधुम मच्चाउनुभएको थियो। त्यसैले म तपाईलाई भेट्न आउँदिन भन्नुपर्ने थियो भन्ने अपेक्षा कुनै पनि कांग्रेसका नेताहरुले गरेका छैनन्। तर भेटमा के भयो भन्ने कुरा प्रमुख हो।’

आज पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। बैठकमा महाधिवेशनको कार्यतालिकालाई अन्तिम रुप दिने, नेकपाभित्रको विवाद र सभापति देउवासँग प्रधानमन्त्रीको भेटघाट लगायतका विषयमा छफफल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .