राजनीति


मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवासमा

मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवासमा

नेपालखबर
असार २०, २०७७ शनिबार १२:३१,

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेका छन्।

शनिबार साँझ राष्ट्रिपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।

अहिले प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भइरहेको र यो नियमित खालको भेटमात्रै भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

यस्तै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटारमा बोलाएका छन्।

छलफलका लागि भन्दै प्रधानमन्त्री ओलीले आफूनिकट र केही पूर्वएमाले समूहका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।

पार्टी विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री ओलीले दल विभाजनसम्बनधी अध्यादेश ल्याउनका लागि राष्ट्रपतिसँग छलफल गरेको हुनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad