अटो


लकडाउन खुकुलो भएसँगै टीभीएसको ५० प्रतिशत कारोबार भइरहेको छ : अग्रवाल

लकडाउन खुकुलो भएसँगै टीभीएसको ५० प्रतिशत कारोबार भइरहेको छ : अग्रवाल

नेपालखबर
असार २०, २०७७ शनिबार १३:३०,

चैत ११ देखि ठप्प रहेको अटो बजार असार १ बाट लकडाउन खुकुलो भएसँगै सुचारु भएको छ। ब्जार खुले पनि कोभिड १९ को त्रास र अधिकांश मानिस सहरबाट गाउँमा गएकाले व्यवसायमा चहल पहल अझै आउन सकेको छैन। सार्वजनिक यातायात नचल्दा मानिसलाई बजार आउजाउमा समेत समस्या भइरहेको छ।

बजारलाई चलायमान बनाउन टीभीएस मोर्टस्को लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले विभिन्न अफर सार्वजनिक गरेको छ। कम्पनीले १२ हजारसम्म नगद छुट वा शून्य प्रतिशत फाइनान्सको सुविधा ल्याएको छ।

लकडाउन खुकुलो भएसँगैको अटोबजार, टीभीएसमा ग्रहाकको रुची, आगमी योजनाको विषयमा जगदम्वा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालसँग नेपालखबरले गरेको कुराकानीः

deepak ag 12

लकडाउन खुकुलो भएपछि अटो बजार कस्तो छ?
असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै दुईपांग्रे सवारीको बजार सकरात्मक रहेको छ। कोभिड १९ को संक्रमण फैलने डरले सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने मानसिकता विकास हुँदै गर्दा बजार सकारात्मक रुपमा अघि बढेको अनुभव भइरहेको छ।

अटो बजार पुरानै अवस्थामा फर्कन कति समय लाग्ने देख्नुहुन्छ?
सामान्य अवस्थामा फर्कन त धेरै समय नै लाग्छ। लकडाउनका कारण ठप्प भएको बजार केहीअघि बढेको अनुभव भएको हो तर पुरानै अवस्थामा फर्कन त कति समय लाग्छ भन्न सकिँदैन। गत वर्षको असार महिनाको तुलनामा यो वर्षको असारमा ४० देखि ५० प्रतिशत बराबरको कारोबार गरिरहेका छौं। त्यसैले निराश हुनुपर्ने अवस्था छैन।

tvs apache rtr

टीभीएस मोटरले विभिन्न स्किम ल्याएको छ। त्यसमा ग्राहकको चासो कस्तो पाउनुभएको छ?
अर्थिक क्रियाकलाप ठप्प हुँदा धेरै मानिससँग पैसा कम भएको अवस्था छ। तर, मानिस सामाजिक दुरी कायम गर्न निजी सवारीमा बढी चासो राखेकाले हामीले राम्रो अफर ल्याएका हौं। टीभीएसको फाइनान्सको स्किमले ग्राहकले सहज महशुस गरेको बुझेका छौं। बजार ठप्प भएको अवस्थामा स्किमले गर्दा मानिसमा चासो बढेको छ भने बजार चलायमान बनाउन सहयोग पुर्याएको छ।

मानिस बाहिर निस्कन अझै चाहेका छैनन्। ग्रहाकलाई सुरक्षित राख्न टीभीएसले कस्ता उपाय अपनाएको छ?
हाम्रा सबै स्वरुममा कोभिड १९ बाट सुरक्षित रहने ‘सेफ्टी मेजर’ अपनाई रहेका छौं। शोरुम दैनिक स्यानिटाइज हुन्छ भने सेवाग्राही आउदा सामाजिक दूरी कायम गरी व्यवसाय सञ्चालन गरिरहेका छौं। कर्मचारीले मास्क, पन्जा, स्यानिटाइजर प्रयोग गरिरहेका हुन्छन्। ग्राहकको लागि पनि स्यानिटाइजरको व्यवस्था गरिएको छ। ग्राहकले बाइक तथा स्कुटर हेरिसके पनि फेरि स्यानिटाइज गर्ने काम गरिएको छ। डोकुमेन्टेसनको काम सकेसम्प डिजिटलाइज गर्ने गरी काम भइरहेको छ।

टीभीएसले नेपालमै प्लान्ट स्थापना गरी उत्पादन गर्ने तयारी कहाँ पुग्यो?
टीभीएसले प्लान्ट स्थापना गरिसकेको छ। आगामी हप्ताबाट परीक्षण उत्पादन सुरु हुन्छ। लकडाउनको कारणले केही केही समस्या भइरहेको छ। नियमित उद्योग सञ्चालनको लागि केही समय लाग्ने देखिन्छ।

tvs en1

उद्योग नियमित चल्दा वार्षिक कति सवारी उत्पादन गर्न सक्छ?
उद्योगको हालको क्षमता वार्षिक एक लाख सवारी उत्पादन गर्न सकिन्छ। बजारमा माग कस्तो हुन्छ त्यसैअनुसार उत्पादन गर्दै जाने हो। टीभीएसले दुई पांग्रे र तीनपांग्रे दुवै सवारी साधान हाम्रो प्लान्टबाट उत्पादन हुन्छ।

नेपालमै उत्पादन हुँदा अहिलेको बजार मूल्यमा कुनै फरक पर्छ?
बाहिरबाट सवारी ल्याउँदा र नेपालमै उत्पादन गर्दा धेरै छुट पाइएको अवस्था छैन। सरकारले नेपालमा एसेम्बल गर्ने उद्योगलाई अझै सहुलियत दियो भने नेपाली बजारमा सस्तो मूल्यमा पाइन्छ। आगमी दिनमा राम्रो हुने अपेक्षा गरेका छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad