पार्टीभित्र देखिएको विवाद समधानका लागि आवश्यक छलफल गर्नका लागि भन्दै स्थायी समिति बैठक स्थगित गरे पनि सञरुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षबीच शनिकार साँझसम्म कुनै छलफल भएन।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको स्थायी समिति बैठक दुई अध्यक्षबीच टेलीफोन वार्तापछि दुई दिनका लागि रोकिएको थियो।
शुक्रबार अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भए पनि कुनै सहमति भने हुन सकेको थिएन्।
शुक्रबारको वार्तामा दुवै पक्षले खुलस्त रुपमा आफ्ना कुरा राखेको र शनिबार त्यसमाथि थप छलफल हुने बताइएको थियो। तर शुक्रबार दुबै अध्यक्षबीच कुनै छलफल भएन। शुक्रबार सहमतिका लागि दौडधुप गरेका दोस्रो र तेस्रो तहका नेताहरु पनि शनिबार चुपचाप थिए।
शनिबार प्रधानमन्त्री ओलीसँग वार्ता नभएपछि अध्यक्ष प्रचण्ड निवासमा सचिवालयका ६ नेताहरुको छलफल चलिरहेको छ।
नेकपाका ९ सदस्य सचिवालयका तीन जना भने उक्त छलफलमा उपस्थित छैनन् भने लामो समयदेखि कहिले प्रधानमन्त्री ओलीतिर र कहिले दुबैतर्फ मौन रहँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल पनि उक्त बैठकमा सहभागी छन्।
Shares

प्रतिक्रिया