राजनीति


थापासहित नेकपा सचिवालयका ६ जनाको भेला खुमलटारमा

थापासहित नेकपा सचिवालयका ६ जनाको भेला खुमलटारमा

नेपालखबर
असार २०, २०७७ शनिबार १२:११,

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको असमझदारी उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा नेकपा सचिवालयका ६ जना सदस्यले छुट्टै भेला आयोजना गरेका छन्।

शनिबार बिहान ओलीसँग भेटने योजना रद्द गरेपछि दाहालसहित सचिवालयका ६ जना साँझ उनकै निवास खुमलटारमा भेला भएका हुन्। ओलीसँग अब कसरी प्रस्तुत हुने भन्ने विषयमा यो भेलाले रणनीति तय गर्ने सचिवालयका एक सदस्यले बताए।

नेकपामा टकराव बढेसँगै ओली पक्षमा उभिँदै आएका गृहमन्त्री रामबहादुर थापा पहिलो पटक आज प्रचण्ड–माधव नेपाल समूहको सचिवालय भेलामा सहभागी भएका छन्। केही दिनअघि ललितपुरको झम्सिखेलमा भएको यो समूहका स्थायी समिति सदस्यहरूको भेलामा सहभागी भएर थापाले समूह परिवर्तन गरेको खुलाएका थिए।

थापा पनि प्रचण्ड–नेपाल समूहतिर खुलेसँगै यो समूहमा सचिवालयका ६ जना भएका छन्। अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र थापाले छुट्टै भेला गरेका हुन्।

यो भेलामा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल मात्र सहभागी छैनन्।

शुक्रबार ओली र दाहालबीच भएको तीन घण्टा लामो छलफलमा सहमती जुट्नुको साटो विवाद झन् उत्कर्षमा पुगेपछि शनिबार डाकिएको स्थायी समिति बैठक सोमबार सम्मका लागि स्थगित भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad