राजनीति


बालेनको प्रस्टीकरण: आवश्यक परे ब्रिटिस सरकारबाट प्रमाण ल्याउँछौँ भनेका हौँ, मध्यस्थकर्ता राख्छौँ भनेको होइन

बालेनको प्रस्टीकरण: आवश्यक परे ब्रिटिस सरकारबाट प्रमाण ल्याउँछौँ भनेका हौँ, मध्यस्थकर्ता राख्छौँ भनेको होइन

नेपालखबर
असार ७, २०८३ आइतबार १७:५५, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालको सीमा सम्बन्धी प्रमाण आवश्यक परे त्यसबेलाको ब्रिटिस सरकारबाट पनि ल्याउने भनेको प्रस्टीकरण दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै शाहले प्रतिनिधिसभामा बोलेको देशको सीमाको विषयमा प्रस्टीकरण दिएका छन्।

शाहले भने, ‘हाम्रा सीमा मिचिएका छन्। त्यसका प्रमाण पनि हामीसँग छन्। कालापानी-लिपुलेक हाम्रो हो। त्यसबारे ब्रिटिस सरकारबाट प्रमाण ल्याउनुपर्छ भने पनि ल्याउँछौँ भनेका हौँ। ब्रिटिस सरकारलाई मध्यस्थकर्ता राख्छौँ भनेको होइन।’

कसैको पनि सीमा मिच्दा आफ्नो भनाइ आउने गरेको र नेपालले सीमाको विषयमा कुरा गर्दा भारतको प्रतिक्रिया आएको दाबी प्रधानमन्त्री शाहले गरेका छन्।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै नेपालले पनि भारतको सीमा मिचको विवादास्पद अभिव्यक्ति दिएका थिए। 

त्यतिमात्रै होइन, नेपालको सीमाको विषयमा सरकारले बेलायत सरकारसँग पनि नेपाल भारतको सीमाको विषयमा प्रमाण मागेको दाबी संसद बैठकमा गरेका थिए।

शाहले संसदमा बोलेको विषयमा त्यसयता विवादित हुँदै आएको छ। राजनीतिक दलहरुले शाहलाई आफ्नो अभिव्यक्तिको प्रस्टिकरण माग्दै आएका थिए। 

प्रधानमन्त्री शाहले रास्वपाको महाधिवेशन मञ्चलाई आफ्नो अभिव्यक्तिको प्रस्टिकरण दिने अवसरको रुपमा प्रयोग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad