समाज


अबको डेढ महिनाभित्रै कोरोनाविरुद्धको खोप बजारमा ल्याउने भारतकाे तयारी

अबको डेढ महिनाभित्रै कोरोनाविरुद्धको खोप बजारमा ल्याउने भारतकाे तयारी

नेपालखबर
असार २०, २०७७ शनिबार ४:५६,

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले अबको डेढ महिना अर्थात् आगामी अगस्ट १५ (साउन ३१) भित्रै कोरोनोविरुद्धको खोप आम प्रयोगमा ल्याउने तयारी गरेको छ।

परिषद्ले खोप परीक्षणका लागि सम्बन्धित संस्थालाई लेखेको पत्रमा सोहीअनुसार काम गर्न निर्देशन दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसविरुद्धको यो खोप आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेका छन्।

आईसीएमआरले भनेको छ– अब एकपटक क्लिनिक ट्रायल सम्पन्न भएपछि आगामी अगस्ट १५ तारिख अर्थात् भारतको स्वतन्त्रता दिवसका दिन उक्त खोप आम प्रयोगका लागि सार्वजनिक गर्न सकिनेछ।’

खोपको क्लिनिकल ट्रायलका लागि भारतका १२ संस्था निर्धारण गरिएको छ। आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवले यही जुलाई २ तारिखका दिन ती १२ संस्थालाई यही जुलाई ७ भित्र खोप परीक्षणका लागि अनुमति पत्र लिन भनिएको जानकारी दिए। 

ती संस्थालाई पठाइएको पत्रमा उनले लेखेका छन्, ‘कोरोना रोक्न आईसीएमआरमार्फत बनाइएको खोप फास्ट ट्र्याक (चाँडो) मा परीक्षण गर्न भारत बायोटेक कम्पनीसँग सम्झौता गरिएको छ। यो खोप कोरोना भाइरसको एक स्ट्रेन निकालेर बनाइएको हो।’

क्लिनिकल ट्रायलपछि अगस्ट १५ सम्म आम प्रयोगका लागि खोप उपलब्ध गराउने गरी युद्धस्तरमा काम भइरहेको उनले जानकारी दिए। तर यस खोपको सफलता ट्रायलको जिम्मा लिएका संस्थाको सहयोगमा भर पर्ने पनि उनले बताएका छन्।

तर महाराष्ट्र सरकारद्वारा गठित कोरोना टास्क फोर्सका सदस्य डाक्टर शशांक जोशीले भने यति छोटो समयमा खोप बनाइसक्न लगभग असम्भव भएको बताएका छन्। उनले भने, ‘सामान्यतया एउटा खोप तयार पार्न २ वर्ष लाग्छ। फास्ट ट्र्याकबाटै बनाउँदा पनि कम्तीमा १२ देखि १८ महिनासम्म लाग्छ। योभन्दा कम समयमा खोप तयार पार्न असम्भव छ।’ बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad