राजनीति


स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पौडेलले गरे स्थानीय तहको प्रशंसा

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पौडेलले गरे स्थानीय तहको प्रशंसा

नेपालखबर
असार १९, २०७७ शुक्रबार १०:२७,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए।

‘स्थानीय तह जनताको नजिकको सरकार हो, संकटमा स्थानीय तहले खेलेको भूमिकालाई नजर अन्दाज गर्न सकिँदैन’, उनले भने।

उनले आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने भएकाले कोरोना संक्रमित आत्तिन नहुने सुझाव दिए।

फरक प्रसंगमा उनले भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा कांग्रेसले आन्दोलन गर्ने तयारी गरेको बताए।

प्रेसले सकारात्मक भूमिका खेलेकै कारण सरकार गलत काम गर्नबाट पछाडि हटेको उल्लेख गर्दै उनले भने, ‘प्रतिपक्षी दललेभन्दा पनि सरकारलाई प्रेसले बढी खबरदारी गरिरहेको छ, अहिलेको अवस्थामा प्रेसको भूमिका पनि अतुलनीय छ।’

सो अवसरमा उनले जिपी कोइराला श्वासप्रश्वास अस्पतालका लागि ३० थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पीपीई, आदिकवि भानुभक्त क्याम्पसका लागि ४२ थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पीपीई हस्तान्तरण गरेका थिए।

यसैगरी उनले बन्दीपुर गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पीपीई, दमौली अस्पतालका लागि १२ थान टावेल, ३०० थान सर्जिकल मास्क, ५ लिटर स्यानीटाइजर, ६ थान पीपीई, भीमाद नगरपालिकाका लागि ६ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, ५ थान पीपीई, देवघाट गाउँपालिकाका लागि ६ थान टावेल, ३०० थान सर्जिकल मास्क, ५ लिटर स्यानीटाइजर, पाँच थान पीपीई, नेपाल पत्रकार महासंघ तनहुँका लागि ७० थान एन ९५ मास्क, २०० थान मास्क र १७ थान स्यानीटाइजर हस्तान्तरण गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad