राजनीति


ब्राजिलमा एकैदिन ४८ हजारमा कोरोना संक्रमण

ब्राजिलमा एकैदिन ४८ हजारमा कोरोना संक्रमण

नेपालखबर
असार १९, २०७७ शुक्रबार १०:१६,

ब्राजिलमा कोरोना भाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन्।

सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन्।

योसँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६ हजार ८५८ पुगेको अधिकारीहरुले जनाएका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसैगरी ब्राजिलमा एकैदिनमा कोरोनाका कारण एक हजार २५२ जनाको मृत्यु भएको छ। उनीहरुका अनुसार कुल मृतकको संख्या ब्राजिलमा ६१ हजार ८८४ पुगेको छ।

ब्राजिलमा एकदिन अगाडि भने २४ घण्टामा ४६ हजार ७१२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभरीको तथ्यांकअनुसार धेरै संक्रमित भएका देशहरुको सूचीमा ब्राजिल अहिले दोस्रो अग्रस्थानमा रहेको छ। पहिलो स्थानमा भने अमेरिका रहेको छ।

कोरोनाबाट धेरै संक्रमितहरु रहेको देशहरुको सूचीमा रुस तेस्रो स्थानमा रहेको छ भने चौथोमा भारत, पाँचौमा स्पेन, छैठौँमा पेरु, सातौमा चिली, आठौमा बेलायत, नबौँमा इटली र दशौमा मेक्सीको रहेका छन्। विश्वभरी अहिलेसम्म २१५ देशका कोरोना भाइरसको संक्रमण देखिएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad