राजनीति


रास्वपा कोसीको अध्यक्षमा राई निर्वाचित

रास्वपा कोसीको अध्यक्षमा राई निर्वाचित

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १७:२१, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेश समितिको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्।

सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार राईले २८० मत प्राप्त गर्दै प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचनमा निवर्तमान कार्यवाहक सभापति गोमा तामाङ (सरिन) पराजित भइन्। उनले १४१ मत प्राप्त गरेकी छन्।  सभापतिमा पराजित भएकी तामाङले मतदाताहरूलाई धन्यवाद दिँदै आजैबाट राजनीतिको बिट मारेको पनि घोषणा गरेकी छन्। 

पाँच वर्षे कार्यकाल रहेको प्रदेश समितिको सभापतिमा राई र तामाङसहित चार जना प्रतिस्पर्धामा उत्रिएका थिए। सभापतिका उम्मेदवारहरू मध्ये डा. खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत मात्रै प्राप्त गरेका थिए। 

सभापति पदका लागि भएको निर्वाचनमा ४९० मत खसेको मध्ये ४८९ मत सदर भई एक मत भने बदर भएको जनाइएको छ। सभापति निर्वाचित भएका राई मोरङको बेलबारीका बासिन्दा हुन्। सभापतिमा पराजित भएकी तामाङ यसअघि कार्यवाहक सभापति थिइन्।

नवनिर्वाचित सभापति राईको पुर्ख्यौली घर भोजपुरको दावा हो। उनका बुबा २०२० सालमा मोरङको होक्लाबारी झरेका हुन्।

सानै उमेरदेखि चतुरचन्द्र होक्लाबारीको श्री माध्यमिक विद्यालयबाट ५४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे। घरको आर्थिक अवस्थाका कारण थप पढ्न नपाएको उनी सुनाउँछन्।

एसएलसीपछि उनले मोरङको बाहुनीमा जुत्ता चप्पल पसलको व्यवसाय गरे। व्यवसाय राम्रो चलेपछि उनी इटहरीमा सारे। अहिले पनि उनको इटहरीमा जुत्ता चप्पल व्यवसाय छ। पार्टी स्थापना गरेसँगै उनी रास्वपाको राजनीतिमा सक्रिय भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad