नेकपाका युवा नेताहरुले पार्टीमा देखिएको विभाजनउन्मूख गतिबिधि, व्यक्ति तथा सत्तावादी प्रवृत्तिविरुद्ध खबरदारी कार्यक्रम सुरु गरेका छन्।
विजय पौडेल, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्री र रामप्रसाद सापकोटा दीपशिखा लगायत युवा नेताहरुले सो दबाब अभियानको अगुवाई गरेका हुन्।
‘पार्टीलाई विभाजन गर्न पाइँदैन, लाखौं कार्यकर्ता र शहिदले बनाएको पार्टी हो,’ सो कार्यक्रमकी एक सहभागी उषाकिरण तिमल्सिनाले नेपालखबरसँग भनिन्, ‘पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनुपर्छ भनी यो कार्यक्रम गरिएको हो।’
पार्टी कार्यलय धुम्बाराहीमा गरिएको कार्यक्रम शनिबार पनि हुने र आवश्यकताअनुसार निरन्तरता दिइने उनले बताइन्।
3
Shares

प्रतिक्रिया