राजनीति


चीनको खतरासँग जुध्न एसियामा आफ्नो सेनाको उपस्थित बढाउन चाहन्छ अमेरिका

चीनको खतरासँग जुध्न एसियामा आफ्नो सेनाको उपस्थित बढाउन चाहन्छ अमेरिका

नेपालखबर
असार १८, २०७७ बिहिबार ९:३९,

पोम्पिओले हालै चीनका कारण भारत, मलेसिया, इन्डोनेसिया र फिलिपिन्सजस्ता देश असुरक्षित भएको बताएका छन्।

उनले सो क्रममा अमेरिकाले विश्वभर तैनाथ भएका आफ्ना सेनाको समिक्षा भइरहेको पनि जानकारी दिए।

उनले युरोप लगायतका देशमा तैनाथ अमेरिकी सेना घटाएर एसियामा ल्याउन चाहेको उल्लेख गर्दै त्यसो गरिनुको मुख्य कारण चीनको खतरासँग जुध्नु भएको बताए।

ब्रसेल्स फोरम २०२० कार्यक्रममा पोम्पिओले भनेका छन्,‘हामी यो सुनिश्चित गर्न चाहन्छौं कि चिनियाँ जनमुक्ति सेनाको सामना गर्न हामी तयार हुुनुपर्छ। यो हाम्रो समयको चुनौती हो र यससँग जुध्न हाम्रो जनशक्ति सही स्थानमा हुनुपर्छ।’

अमेरिकाले दोस्रो विश्वयुद्धपछि जर्मनी र जापान नियन्त्रणमा लिएको थियो। अझैपनि यी दुई देशमा अमेरिकी सेनाहरु तैनाथ छन्। अन्तर्राष्ट्रिय मामिलाका जानकार मुक्तदर खानका अनुसार अमेरिकाले यी देशबाट आफ्ना सेना घटाउन सक्छ।

खान भन्छन्,‘जर्मनीमा अमेरिकाका ४० हजार सेना छन् र १५ हजार सिभिलियन फोर्स छन्। अमेरिकाले आफ्ना ६५ देखि ७० हजार मानिसहरु जर्मनीबाट हटाउन खोजिरहेको छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad