राजनीति


नेकपा स्थायी समिति बैठक रोकियो, शीर्ष नेताहरु छलफलमा

नेकपा स्थायी समिति बैठक रोकियो, शीर्ष नेताहरु छलफलमा

नेपालखबर
असार १८, २०७७ बिहिबार ८:१०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपां)को समिति बैठक केहीबेरका लागि रोकिएको छ।

बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषदको बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि स्थायी समिति बैठक प्रभावित भएको हो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा नआएपछि अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए। बैठक सुरु भएको केही समयसम्म पनि प्रधानमन्त्री ओली बैठकमा नआएपछि बैठक केहीबेरका लागि राेकिएकाे हाे। 

अहिले सचिवालय सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल  गरिरहेकाे एक नेताले नेपालखबरलाई  बताए। 

 

 

साथै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउन नमानेपछि अहिले स्थायी कमिटी बैठक रोकिएको छ ।

बैठक रोकिएपछि अहिले ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका सचिवालय नेताहरु छलफलमा जुटेका छन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad