ad ad

राजनीति


भारत र चीनका सैन्य कमान्डरबीचको वार्ता निष्कर्षविहीन

भारत र चीनका सैन्य कमान्डरबीचको वार्ता निष्कर्षविहीन

नेपालखबर
असार १७, २०७७ बुधबार १२:४०,

भारत र चीनका सैनिक अधिकारीहरुबीच भएको मंगलबारको बैठक बिनाकुनै निष्कर्ष टुंगिएको छ।

जुन १५ मा पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई मुलुकका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएको थियो।

त्यसयता यो सैन्य स्तरमा भएको तेस्रो बैठक हो। मंगलबार वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट भारततर्फको चुसुलमा दुई देशका सैन्य कमान्डरबीच दिनभर वार्ता भएको थियो।

उनीहरुबीच सीमामा रहेको तनाव कम गर्ने विषयमा छलफल भएको थियो।

तर, उनीहरु कुनै सहमतिमा नपुगेको भारतीय सञ्चारमाध्यमले सरकारी स्रोतलाई उधृत गर्दै जनाएका छन्।

पछिल्लो समय दुवै देशले सीमामा खटाएको सैनिक र हतियारको संख्यामा उल्लेख्य वृद्धि गरेका छन्।

तनाव जारी रहँदा भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि पनि प्रतिबन्ध लगाएको छ।

दुई देशका सेनाबीच अझै केही चरण वार्ता हुने सम्भावना रहेको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .