ad ad

राजनीति


नेकपा स्थायी समिति बैठक सुरु, आज बोल्दैछन् यी नेता

नेकपा स्थायी समिति बैठक सुरु, आज बोल्दैछन् यी नेता

नेपालखबर
असार १६, २०७७ मंगलबार ६:७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको चौथो दिनको बैठक सुरु भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन्।

यसअघि शुक्रबारको बैठकमा उनी उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा पनि केहीबेर बसेर निस्किएका थिए। आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले धारणा राख्दैछन्।

बुधबारदेखि सुरु भएको बैठक बिहीबार स्थगित गरेर शुक्रबार र शनिबार बसेको थियो। त्यसपछि आइतबार र साेमबार दुई दिन स्थगित गरेर बैठक फेरि आज बसेको हो।

स्थायी समितिको बैठकमा सरकार, पार्टी, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सीमा लगायत ७ बुँदे एजेण्डामा छलफल तय भएको छ। सीमाका विषयमा स्थायी समितिका सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन्।

आजको बैठकमा सोही विषयमा बोल्न बाँकी रहेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, सचिवालयका सदस्य रामबहादुर थापा र ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेलले आफ्ना धारणा राख्ने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .