राजनीति


रास्वपाले आफ्ना सांसदहरूलाई जारी गर्‍यो ५ बुँदे निर्देशन, भ्रमणबारे अनिवार्य जानकारी गराउनुपर्ने

रास्वपाले आफ्ना सांसदहरूलाई जारी गर्‍यो ५ बुँदे निर्देशन, भ्रमणबारे अनिवार्य जानकारी गराउनुपर्ने

नेपालखबर
साउन ५, २०८३ मंगलबार १५:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई ५ बुँदे निर्देशन जारी गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यले मंगलबार निर्वाचन क्षेत्रका नागरिकमाझ जाँदा रणनीतिक समन्वय, जन-संवाद एवं सांगठनिक सुदृढीकरण सम्बन्धमा निर्देशन जारी गरेका हुन्।

निर्देशनअनुसार सांसदहरुले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई आधिकारिकरूपमा जानकारी गराउनुपर्ने छ। त्यस्तै सांसदहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुग्ने कार्यक्रम भएमा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रलाई सूचित तथा आवश्यक समन्वय गर्नुपर्ने पत्रमा भनिएको छ।

भ्रमणका क्रममा आयोजना हुने अन्तर्क्रियाहरूमा स्थानीय समितिसँग पूर्वछलफल गरी, त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दाहरू पहिचान गर्न र ती स्थानीय समस्याहरूलाई समाधानका लागि तत् तत् निकायसँग विधिवत् समन्वय गर्न कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्न पनि भनिएको छ।

कार्यक्रमको मोडालिटी तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी गर्न, भ्रमण र कार्यक्रमहरूलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट पूर्णतः मुक्त राख्दै, स्रोतसाधनको मितव्ययी उपयोग गरी सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न पनि निर्देशन दिइएको छ।

रास्वपाले दिएको ६ बुँदे निर्देशन
१. संस्थागत समन्वय र पूर्व-सूचना:
 कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ  सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुहुन। सांसदहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुग्ने कार्यक्रम भएमा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रलाई सूचित तथा आवश्यक समन्वय गर्न गराउनुहुन।

२. स्थानीय मुद्दाको प्राथमिकीकरण:
 भ्रमणका क्रममा आयोजना हुने अन्तर्क्रियाहरूमा स्थानीय समितिसँग  पूर्व-छलफल गरी, त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दाहरू पहिचान गर्न। ती स्थानीय समस्याहरूलाई समाधानका लागि तत् तत् निकायसँग विधिवत् समन्वय गर्न कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्ने।

३. सांगठनिक अपनत्व र जन-परिचालन:
 कार्यक्रमको मोडालिटी तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी गर्न। 

४. मितव्ययिता र सुशासन:
 भ्रमण र कार्यक्रमहरूलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट पूर्णतः मुक्त राख्दै, स्रोत-साधनको मितव्ययी उपयोग गरी   सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न।

५. नीतिगत पृष्ठपोषण प्रणाली:
 निर्वाचन क्षेत्रका नागरिकमाझ जाने क्रममा प्राप्त जन-सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत रिपोर्टिङलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad