ad ad

राजनीति


स्थायी समिति बैठकअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

स्थायी समिति बैठकअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

नेपालखबर
असार १६, २०७७ मंगलबार ६:२०,

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा कुराकानी भएको बताए।

‘प्रधानमन्त्री भेटका लागि बिहान साढे १० बजे आउनुभएको थियो’, अधिकारीले नेपालखबरसँग भने, ‘समसामयिक विषयमा कुराकानी भयो।’

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली स्थायी समिति बैठक सुरु हुनुभन्दा केही समय अगाडिमात्र राष्ट्रपतिलाई भेट्न जानुलाई चासोका साथ हेरिएको छ।

 पार्टी स्थायी समितिमा चर्कौ आलोचना खेपीरहेका प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारीको जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा भारत र नेपालका केही नेताहरु मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको सो भनाइको पार्टीभित्र र बाहिर चौतर्फी रुपमा विरोध हुँदै आएको छ। पार्टी बैठकमा आलोचना भएपछि प्रधानमन्त्री ओली शुक्रबारको बैठकमा सहभागी नै भएनन् भने शनिबारको बैठकमा पनि पनि ४० मिनेटमात्रै बसेर निस्केका थिए।

स्थायी समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी छन्।

आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका सचिवालयका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .