ad ad

समाज


पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान

पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान

नेपालखबर
असार १६, २०७७ मंगलबार ५:५७,

देशभर राष्ट्रिय धान दिवसको चर्चा चलिरहेका बेला स्याङ्याजामा भने यतिबेला पञ्चेबाजा बजाएर किसानले सडकमै धान रोपेको विषयले चर्चा पाएको छ।

आफ्नो घर अगाडिको सडक वर्षौँ बितिसक्दासम्म पनि कालोपत्रे हुन नसक्दा हिलाम्मे सड्कबाट आजित भएका स्थानीयवासीले सडकमै धान रोपेर सांकेतिक विरोध जनाएका छन् ।

स्याङ्जाको वालिङ हँुदै पर्वतको हुवास जाने सडकखण्डको वालिङ नगरपालिका–९ पिपलटारीका स्थानीय बासिन्दाले सोमबार सडकमा पञ्चेबाजासहित धान रोपेपछि हेर्नेको घुइँचो नै लागेको थियो। सडक निर्माण भएको २७ वर्षसम्म पनि सडकको स्तरोन्नति नभएको भन्दै स्थानीय युवा क्लब र आमा समूहमा आबद्ध महिलासँगै सर्वसाधारणले सडकको स्तरोन्नतिको माग गर्दै सडकमा धान रोपेर विरोध जनाएका हुन्।

पटक–पटक सडकको स्तरोन्नतिका लागि स्थानीय नगरपालिका प्रदेश र सङ्घीय सरकारले समेत चासो नदेखाएको स्स्थानीयवासीको गुनासो छ। स्थानीय पुरन गैरेले सडकको स्तरोन्नति नहुँदा स्थानीयवासीसँगै यस सडक भएर यात्रा गर्ने यात्रुलाई निकै समस्या भएको बताए। गैरेले भने, ‘हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे सडकका कारण सडक छेउछाउका घरमा बस्न सक्ने अवस्था छैन, सरकारले हाम्रो सडक स्तरोन्नति गर्नुपर्ने मागलाई सुनोस्।’

पर्वतको दक्षिणी भेगका सर्वसाधारण बुटवल, पोखरा जानका लागि सोही सडक भएर आवतजावत गर्छन् भने वालिङ हुवास सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा चल्ने सवारी साधनले सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .