राजनीति


नेकपा बैठकमा मणि थापाले भने : सानो राष्ट्रले भारतसँग युद्ध गर्न सक्तैन भन्ने वुर्जुवा मान्यता हो

नेकपा बैठकमा मणि थापाले भने : सानो राष्ट्रले भारतसँग युद्ध गर्न सक्तैन भन्ने वुर्जुवा मान्यता हो

नेपालखबर
असार १३, २०७७ शनिबार १३:५२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले भारतले सीमा मिचेको विषयमा दह्रो कुरा राख्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी समितिको तेस्रो दिनको र्बठमा नेता थापाले सीमा समस्याका विषयमा बोल्दै भारतसँग वार्ता गर्न पहल गर्ने तर उसले नमानेको खण्डमा हेपिएर बस्न नहुने बताए।

‘भूपरिवेष्टित मुलुकले ठूला राष्ट्रसँग वार्ता गर्न हिम्मत नै गर्दैनन् भन्ने होइन’, बैठकमा भीयतनामको उदाहरण दिँदै उनले भने, ‘पटक–पटक वार्ता गर्ने पहल गर्दा पनि वार्तामा आएन भने साना राष्ट्रले पनि युद्ध लड्न सक्छन् भन्ने देखाउन सक्नुपर्छ।’

नेता थापाले सार्वभौम मुलुकको रक्षाका लागि सबै तयारी गर्नुपर्ने बताए। उनले भने, ‘साना राष्ट्रले युद्ध लड्न सक्तैनन् भन्ने बुर्जुवा मान्यता हो, अहिलेको शक्तिशाली कम्युनिस्ट सरकारले त्यो सोच्न सक्तैन।’

नेता थापाले कूटनीतिक पहलबाट नै भारतसँगको सीमा समस्या सुल्झाउन पर्ने भए पनि धेरै हेप्न खोजे सहन नहुने बताए। भारतसँगको सीमानामा सीमा पोष्ट बढाउन सुझाब दिँदै नेता थापाले भारतले बनाएको जस्तै सीमा करिडोर, सीमा रोड बनाउन आग्रह गरे। ‘भारतले बनाएको जस्तै सीमा करोडोर बनाऊ’, थापाले भने, ‘सीमा क्षेत्रका जनता वास्तविक सीमा रक्षक भएकाले उनीहरुलाई व्यवस्थित सुदृढ र एकताबद्ध बनाएर सीमामा विकास, सडक, यातायातको पहुँच पुर्‍याऊँ।’

भारतमा नेपालबिरुद्व भइरहेको व्यवहारलाई काउन्टर दिनुपर्ने उनको भनाइ थियो। आम जनतालाई एकताबद्ध बनाउन संसदमा रहेक र नरहेका सबै दलबीच एकता कायम गर्नुपर्ने र भारतले मिचेको भूमि फिर्ताको लागि सबै एक हुने वातावरण बनाउनुपर्ने उनले जोड दिए।

उनले स्वाधीन राष्ट्र मात्र समाजवादमा जाने भन्दै नक्सामा मिचिएको भूमि समेटेर बल्ल स्वाधीन राष्ट्र हुने दिशामा अघि बढेका थापाले बताए।

साम्राज्य र विस्तारवादको लडाइँ लड्न बल्ल सुरु भएको बताउँदै उनले कम्युनिस्टले २००६ देखि उठाएको माग सम्बोधन गर्ने अवस्थामा पुगेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad