सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले २०५४ मा महाकाली सन्धि गर्नेले क्षमायाचना गर्नुपर्ने बताएका छन्।
शनिबारको स्थायी समिति बैठकमा नेपाल–भारत सीमा समस्याका विषयमा बोल्दै उपाध्यक्ष गौतमले महाकाली सन्धि गलत छ भनेर विरोध गर्दा आफूमाथि कारबाही भएको समेत स्मरण गराए।
तत्कालीन अवस्थामा महाकाली सन्धि गर्न अघि सर्ने नेता नै अहिले सरकार र पार्टीको नेतृत्वमा भएकोले महाकाली सन्धी गर्दा महाकालीको मुहान नै प्रष्ट नभै सन्धि गर्न हतारिएकै कारण लिम्पियाधुरा लिपुलेक र कालापानी भारतले मिचेको बताए।
‘महाकाली सन्धिकै कारण पार्टी फुट्यो, हामीले भारतको हेपाइ र दमन खेप्न पर्यो’, बैठकमा गौतमले भने, ‘महाकाली सन्धि गर्न अघि सर्ने नेता नै अहिले पार्टी र सरकारको नेतृत्वमा हुनुहुन्छ, उहाँले क्षमायाचना गरेर मलाई सम्मान गर्नुपर्छ।’
भारतसँग वार्ता र छलफलबाटै सीमा समस्या समाधान गर्नुपर्ने बताउँदै उपाध्यक्ष गौतमले वार्ता गर्न नमाने दबेर बस्नु नहुने र विकल्पमा छलफल गर्नुपर्ने धारणा राखेका थिए।
Shares

प्रतिक्रिया