राजनीति


विकास निर्माणसँग देशको राष्ट्रियता साट्न पाइँदैन: पौडेल

विकास निर्माणसँग देशको राष्ट्रियता साट्न पाइँदैन: पौडेल

नेपालखबर
असार ९, २०७७ मंगलबार १४:१०,

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य गठबन्धनको अंग भएको बताएकी छन्।

एमसीसीविरुद्ध आन्दोलनरत ११ दलीय मोर्चाले मंगलबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पौडेलले राष्ट्रियता, सार्वभौमीकता र असंलग्न परराष्ट्र नीति पैसासित साट्न नमिल्ने बताइन्।

‘एतिहासमा हामी कहिल्यै कसैको गुलाम भएनौँ र एमसीसी मार्फत पनि गुलाम हुने छैनौँ’ उनले भनिन्, ‘स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टीले पनि भनेको छ, कि एमसीसी जस्ताको त्यस्तै पास गरेर जाने हो भने नेपालको ऐन, कानुन र संबिधान भन्दा माथि जान्छ । जसले राष्ट्रियता, सार्वभौमिकता माथि हस्तक्षेप हुन्छ।’

उनले जनतालाई भ्रम छर्नको लागी एमसीसी विकास निर्माणको लागि हो भने पनि तयो देखाउने दाँत मात्रै भएको र वास्तविक दाँत सैन्य रणनीति नै भएको ठोकुवा गरिन्। उनले आफूहरुलाई विकास विरुरोधी भन्नुको कुनै तुक नरहेको पनि स्पष्ट पारिन्।

‘हामीले विकास निमार्णको विरोध गर्ने भए त जापान, चाइनालगायत देशहरुले पनि बिभिन्न विकास निर्माणका कामहरु गरेका छन्। हामीले त त्यसको विरोध गरेका छैनौं’ उनले भनिन्।

नेत्री पौडेलले यसका दफा २.८ मा कुनै पनि विदेशी कर्मचारीहरुलाई कर नलाग्ने, दफा ३.२ (च) मा एमसीसी परियोजनाको सम्पुर्ण बौद्धिक सम्पत्ति अमेरिकाको हुने, परियोजना निर्माण पछिको सक्कली डकुमेण्ट अमेरिकालाई बुझाउनु पर्ने, लेखा रिपोर्ट नेपालले गर्न नपाउने, त्यस्तै एमसीसीको प्रावधानमा अमेरिकी सुरक्षा नीति र सुरक्षा नीतिको प्रतिकुल भएमा परियोजना खारेज हुने, अमेरिकी हित विपरित भए स्वतः खारेज हुने, परियोजनाको बुँदासँग नेपालको कानुन बाँझिएमा नेपालको कानुन खारेज हुनेजस्ता प्रावधानले एमसीसी राष्ट्रहित विपरित भएको बताइन्।

नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) सहित ११ राजनीतिक दल तथा संगठनले मंगलबार एमसीसी विरुद्ध देशब्यापी प्रदर्शन अन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad