सीमामा तनाव मत्थर पार्ने प्रयास गरिरहेका चीन र भारतका रक्षामन्त्रीबीच रुसको राजधानी मस्कोमा वार्ता हुने सम्भवाना देखिएको छ।
विजय दिवसको परेडमा सहभागी हुन भारतीय रक्षामन्त्री राजनाथ सिंह मस्को पुगिसकेका छन्।
चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे पनि बुधबार मस्को जाँदैछन्।
सो अवसरमा चीन र भारका रक्षामन्त्रीबीच भेटवार्ता हुने सम्भावना ज्यादा रहेको ग्लोबल टाइम्सले जनाएको छ।
भारतीय रक्षामन्त्री राजनाथ सिंह
‘यदि उनीहरुबीच औपचारिक वार्ता भएन भने पनि दुई देशका रक्षामन्त्रीहरुले अनौपचारिक रुपमा कुरा गर्न सक्छन्,’ सिङ्हुवा युनिभर्सिटीस्थित नेसनल स्ट्राटेजी इन्स्टिच्युट, अनुसन्धान विभाग निर्देशक च्यान फेङ बताउँछन्।
सांघाई कोअपरसेसन फोरमका यी सदस्य मुलुकका विदेशमन्त्रीबीच मंगलबार भिडियो कन्फ्रेन्स पनि भएको थियो।

प्रतिक्रिया