राजनीति


नागरिकतामा ७ वर्षे प्रावधान राखेर भारतसँगको सम्बन्ध तोड्न खोजियोः महेन्द्र राय

नागरिकतामा ७ वर्षे प्रावधान राखेर भारतसँगको सम्बन्ध तोड्न खोजियोः महेन्द्र राय

नेपालखबर
असार ९, २०७७ मंगलबार ९:२४,

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको कडा विरोध गरेका छन्। 

मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदहरुले विधेयक नसाच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन्। २०६३ सालमा भएको सहमति अनुसार ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने प्रवाधान राखिएपनि अहिले सरकारले सहमति उल्लंघन गरेर मधेशसँगको सम्बन्ध तोड्न खोजेको राजापा सांसद महेन्द्र राय यादवले बताए।

उनले भने, ‘भारतसँग विशेष सम्बन्ध छ। रोटी बेटीको सम्बन्ध छ। ७ वर्षको समय तोकिएको छ। यसमा सरकारले गम्भिरताका साथ छलफल गरेर सहमतिको वातावरण बनाउन सकिन्छ। भएन भने सडक देखि सदनसम्म आन्दोलनमा जाउ भन्न खोजेको हो? नेपाल भारतसँगको सहमति तोड्न चाहान्छ। मधेशसँगको सम्बन्ध तोड्न चाहान्छ। मधेशमा आन्दोलनको संकेत देखिएको छ। यसको जिम्मेवारी सरकारले लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad