राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले अमेरिकी सहयोग मिलेयिम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न खबरदारी गरेको छ। एमसीसी अनुमोदन गरिए आन्दोलनको आँधी बेहरी ल्याउने राप्रविसंले चेतावनी दिएको छ।
आइतबार विज्ञप्ति जारी राप्रविसंले बन्दाबन्दीको समयमा जनतालाई कफ्र्यूमा थुनेर, व्यापक छलफल नगरी संसदबाट एमसीसी पास नगर्न चेतावनी दिएको हो।
कोभिड–१९ व्यवस्थापनमा सरकारको चरम लापरवाही र असफलताका साथै भ्रष्टाचारविरुद्ध युवाहरूद्वारा स्वतःस्फूर्त सञ्चालनमा आएको आन्दोलनलाई सहयोग र समर्थन गर्ने राप्रविसंका अध्यक्ष धनसुर शाहीले विज्ञप्तिमा जनाएका छन्।
दुई राप्रपा एकतापछि गठन भएको केन्द्रीय कार्य समितिमा यूवाहरूको न्यून उपस्थिति रहेकोमा विद्यार्थी संगठनले चिन्ता व्यक्त गरेको छ। केन्द्रीय समितिमा ५० प्रतिशत यूवा सहभागिताको माग गर्दै राप्रपाका तीन अध्यक्ष पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ।

प्रतिक्रिया