यस घटनामा अन्य ११ व्यक्ति घाइते भएको सीएनएनले जनाएको छ। हेनिपिन एभस्थित २९०० ब्लकमा अन्धाधुन्ध गोली प्रहार भएको मिनियापोलिस प्रहरीले बताएका छन्।
आइतबार बिहान ३ बजे एक ट्वीटमा मिनियापोलिस प्रहरीले ११ व्यक्तिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ।
मिनियापोलिस सोही क्षेत्र हो जहाँ गत मे २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जोर्ज फ्लोइडको प्रहरीद्वारा हत्या भएको थियो।
प्रहरीले हथकडी लगाइएका फ्लोइको घाँटीमा ९ मिनेट घुँडाले थिच्दा उनको मृत्यु भएको थियो। यस मृत्युको घटनासँगै अमेरिकाभर रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ।
हालको गोली प्रहारको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया