दाङमा ट्याक्रको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आइतबार मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुरबाट दंगीशरण गाउँपालिका १ बाकी जाँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई श्रीगाउँबाट वालापुर आउँदै गरेको रा १ त ७५७ नम्बरको ट्याक्टरले आइतबार अपराह्न ठक्कर दिएको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुमलगढीमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते चौधरीको टाउको र छातीमा चोट लागेको थियो। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सोमनाथ निवासी चौधरी आफन्तका घरमा जाने क्रममा दुर्घटनामा परेका हुन्।
मोटरसाइकलमा सवार २२ वर्षीय शर्मिला चौधरीको अवस्था भने सामान्या छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया