राजनीति


कोरोना महामारीबीच ट्रम्पले ओक्लोहोमामा आज चुनावी सभा गर्दै, स्वास्थ्य अधिकारीद्वार चिन्ता व्यक्त

कोरोना महामारीबीच ट्रम्पले ओक्लोहोमामा आज चुनावी सभा गर्दै, स्वास्थ्य अधिकारीद्वार चिन्ता व्यक्त

नेपालखबर
असार ६, २०७७ शनिबार १:७,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीबीच आज (शनिबार) ओक्लोहोमाको टल्सामा चुनावी र्‍याली गर्दै छन्।

कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै र्‍यालीमा रोक लगाउन माग गर्दै मुद्दा दायर भएको थियो। तर मुद्दामा सुुनवाइ गर्दै ओक्लोहोमाको सर्वोच्च अदालतले र्‍यालीका लागि स्वीकृति दिएको हो।

तर ओक्लोहोमामा कोरोना संक्रमण बढ्दो क्रममै छ। यहीबीच अदालतले स्वीकृति दिएपछि आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चयनको चुनाव जितेर पुनः राष्ट्रपति बन्ने दाउमा रहेका ट्रम्पले मार्चयता ओक्लोहोमामा पहिलोपटक शनिबार र्‍याली गर्न लागेका हुन्।

संक्रमण बढ्दो क्रममा रहेको भन्दै ओक्लोहोमाका स्वास्थ्य अधिकारीले भने चिन्ता प्रकट गरेका छन्।

ट्रम्पको चुनावी कार्यक्रममा सहभागी हुन १० लाखभन्दा बढी मानिसले टिकटका लागि अनुरोध गरेको बताइएको छ। ब्यांक अफ ओक्लोहोमा सेन्टरमा चुनावी सभा हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad