समाज


प्रदेश १ मा कोरोना : संक्रमितको संख्या ४२२, निको हुने २३४

प्रदेश १ मा कोरोना : संक्रमितको संख्या ४२२, निको हुने २३४

नेपालखबर
असार ६, २०७७ शनिबार १:०,

प्रदेश १ बाट थप १० जनाले कोरोना भाइरसलाई जितेका छन्। कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरबाट शुक्रबार १० जना निको भई घर फर्केका हुन्।

त्यसरी घर फर्किनेमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन्।

निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन्। उनीहरु गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए।

प्रदेश १ मा कोभिडबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ४२२ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या २३४ पुगेको छ।

विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १८८ जना कोभिड–१९ बाट संक्रमितको उपचार भइरहेको छ । यसरी उपचारहुनेमा कोशी कोभिड उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना छन्।

यसैगरी शुक्रबार प्रदेश १ मा थप दुई जनामा संक्रमण पुष्टि भएको छ। कोभिड–१९ बाट सङ्क्रमित हुनेमा झापाको दमक र मोरङको बूढीगङ्गाका एकएक जना छन्। उनीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad