समाज


निर्देशिकामा तोकिएका व्यक्तिको पीसीआर गर्न मन्त्रालयको आग्रह

निर्देशिकामा तोकिएका व्यक्तिको पीसीआर गर्न मन्त्रालयको आग्रह

नेपालखबर
असार ५, २०७७ शुक्रबार १५:४१,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकामा तोकिएका व्यक्तिको मात्र कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण गराउन आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै निर्देशिका विपरीत कतिपय निकायले पीसीआर परीक्षण गर्न दबाब दिएकाले त्यसो नगरी निर्देशिकामा तोकिए बमोजिमका व्यक्तिको नमूनामात्र संकलन गरी परीक्षण गर्न गराउन आग्रह गरेका हुन्।

‘कतिपय निकाय तथा व्यक्तिले कोभिड–१९ को नमूना संकलन गर्दा निर्देशिकाभन्दा फरक तरिकाले नमूना संकलन गर्ने गरेको तथा परीक्षण गर्नका लागि दबाब दिने गरिएको बुझिन आएको छ’, उनले भने, ‘यसरी नमूना संकलन गर्नाले स्रोत साधनको दुरुपयोग हुने र परीक्षणका लागि आवश्यक व्यक्तिको परीक्षण समयमा हुन नपाउने र अन्य समस्या सिर्जना हुन सक्दछ।’

निर्देशिका विपरीत आएका नमूना परीक्षण नगरिदिनसमेत सबैलाई उनले आग्रह गरेका छन्। अहिलेसम्म एक लाख ६१ हजार ७४९ जनाको र विगत २४ घण्टामा छ हजार २३१ जनाको पीसीआर परीक्षण गरिएको छ। अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad