राजनीति


झलनाथको प्रस्तावः षड्यन्त्र भयो, वामपन्थी एकता गरौँ

झलनाथको प्रस्तावः  षड्यन्त्र भयो, वामपन्थी एकता गरौँ

नेपालखबर
असार १४, २०८३ आइतबार १५:१५, काठमाडौँ

नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनमाथि षड्यन्त्र भएको बताएका छन्। 

मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा उनले सिंगो कम्युनिस्ट आन्दोलनलाई निष्तेज पार्ने षड्यन्त्र भएकाले सम्पूर्ण कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्। 

‘यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन ढंगले अगाडि बढाउने कामको थालनी गरौँ,’ उनले भने, ‘वामपन्थी एकता अनन्तकालदेखि आवश्यकता थियो। कहिले सिङ पलायो, कहिले जुरो पलायो, कहिले के पलायो, त्यसैले एकताबद्ध हुन सकेनौँ।’

अब भने एकताबद्ध भएर अगाडि बढेमात्रै देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मच्चाइरहेको बबण्डरविरुद्ध लड्न सकिने उनले धारणा राखे। 

यस्तै उनले मदन भण्डारीको हत्या रहस्यमयी, कायरता र षड्यन्त्रपूर्वक गरिएको बताए।

‘यद्यपि ती हत्याराहरू को हुन्, कसले हत्या गरेका थिए, यी कुराहरूलाई आजसम्म पनि पत्ता लगाउने नसक्ने कमजोरी हामीभित्रै छ,’ उनले भने, ‘उहाँमाथि हत्याको षड्यन्त्र रचियो। त्यो नेपालको कम्पयुटिस्ट आन्दोलनलाई निष्तेज पार्ने देश र विदेशका प्रतिक्रियावादीहरूको षड्यन्त्र हो। यो षड्यन्त्र उहाँमाथि मात्रै होइन, सिंगो कम्ययुनष्टि आन्दोलनमाथि जारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad